पर्यटनमन्त्री किरातीले लिए पूर्वसचिवसँग सुझाव — OSNepal

पर्यटनमन्त्री किरातीले लिए पूर्वसचिवसँग सुझाव

LC (KTM) January 30, 2023 0

काठमाडौँ-मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा उहाँले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिनुभयो ।

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राख्नुभएको थियो । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राख्नुभएको थियो । आगामी दिनमा पनि फेरि बैठक बसेर उहाँहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर