भारतमा कोरोना संक्रमित र मृतकको संख्या घट्दै — OSNepal

भारतमा कोरोना संक्रमित र मृतकको संख्या घट्दै

LC (KTM) May 14, 2021 0

एजेन्सी । भारतमा कोरोनाको संक्रमणदर र मृ त्युदरमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ३८ हजार व्यक्ति कोभिड संक्रमिथ भएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन त्यहाँ ३ लाख ६८ हजार व्यक्ति संक्रमित भएका थिए ।

योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ८ सय ८८ जनाको मृ त्यु भएको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ । यो संख्या अघिल्लो दिनको तुलनामा ३ सयले कम हो ।

योसँगै भारतमा कोभिडबाट मृ त्यु हुनेको संख्या २ लाख ६२ हजार २ सय ३९ पुगेको छ । भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृ त्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यहाँ अघिल्लो दिन २५ सयभन्दा बढीको मृ त्यु हुँदा ७६ हजार संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर