पेट्रोल प्रतिलिटर ८ रुपैयाँले बढ्यो — OSNepal

पेट्रोल प्रतिलिटर ८ रुपैयाँले बढ्यो

LC (KTM) February 01, 2023 0

काठमाडौं, १८ माघ ।नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । 

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । आईओसीले एलपी ग्याँसको मूल्य भने बढाएको छैन । 
 
 भारतबाट नयाँ मूल्य आए पनि नेपालमा उपभोक्ता मूल्य तोक्नेबारे निगम बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर