मुस्लिम समुदायको महान पर्व इद उलफित्र आज, प्रदेश २ सरकारले दियो सार्वजनिक बिदा — OSNepal

मुस्लिम समुदायको महान पर्व इद उलफित्र आज, प्रदेश २ सरकारले दियो सार्वजनिक बिदा

LC (KTM) May 14, 2021 0

मुस्लिम धर्मावलम्बिहरुको महान् पर्व इद उलफित्र आज परेको छ । मुस्लिम समुदायले यो पर्व भोली धुमधामका साथ मनाउँदैछन् । यसैबीच २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको अवसरमा प्रदेश सरकारले वैशाख ३१ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यस वर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर