अन्जन बिष्ट आबद्ध मुम्बई केन्क्रे र किरण चेम्जोङ रहेको पञ्जाब तीन तीनको बराबरीमा — OSNepal

अन्जन बिष्ट आबद्ध मुम्बई केन्क्रे र किरण चेम्जोङ रहेको पञ्जाब तीन तीनको बराबरीमा

LC (KTM) February 01, 2023 0

भारतको आई लिगमा नेपालका दुई चर्चित खेलाडी सम्बद्ध टिम आमने सामने भएका छन् । अन्जन बिष्ट आबद्ध रहेको मुम्बई केन्क्रे एफसी र किरण चेम्जोङ आबद्ध पन्जाब एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति भएको खेलमा केन्क्रे र पन्जाबले तीन तीन गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

केन्क्रेमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र पन्जाबमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द छन् ।अन्जन र किरण दुबै जना सुरुआती ११ मै मैदान उत्रिएका थिए । रोमान्चक खेलमा केन्क्रेका लागि रञ्‍जित पान्द्रेले दुई गोल गरे ।

अमन गायकवाडको नाममा एक गोल रह्यो ।पन्जाबका चेन्जो ग्याल्जेन, नोचा सिंह र लुका मज्चेनले एक एक गोल गरे । बराबरीसँगै पन्जाबले १४ खेलमा ३० अंक जोडेको छ ।पन्जाब शीर्ष स्थानमा रहेको छ । केन्क्रे १४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर