पाँचवटा टनेलमा दैनिक ५० किलो भन्दा बढी च्याउ उत्पादन गर्छन वीरबहादुरले — OSNepal

पाँचवटा टनेलमा दैनिक ५० किलो भन्दा बढी च्याउ उत्पादन गर्छन वीरबहादुरले

LC (KTM) February 02, 2023 0

कञ्चनपुर, १९ माघ ःशुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषक वीरबहादुर राना प्लाष्टिक टनेलमा उत्पादन भएको कन्याजातको च्याउ देखाउँदै । रानाले पाँचवटा टनेलमा दैनिक ५० किलो बढीभन्दा उत्पादन गरेका छन् । प्रतिकिलो रु दुई सयका दरले बिक्री गरी आम्दानी लिँदै आएका छन ।

यो पनि: यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य:कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार नयाँ मूल्य तोकेको छ । समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको यो न्यूनताम मूल्य हो ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।
त्यस्तै, बिहीबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर