हेमन्तको आफ्नै अभिनयमा आयो पिरती : हेमन्तसँगै बिजय, चाहाना, निशा पनि छमछम नाचे — OSNepal

हेमन्तको आफ्नै अभिनयमा आयो पिरती : हेमन्तसँगै बिजय, चाहाना, निशा पनि छमछम नाचे

LC (KTM) February 03, 2023 0

काठमाडौँ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ ।

पर्यटकीय नगरी घान्द्रुकमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगर छमछम नाचेको दृश्य निकै लोभलाग्दो 5 ।

भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा देखाएका छन् । नबीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिगंले गरेका हुन् । सार्वजनिक भिडियो गायक स्वयमकै अफिसियल च्यानल हेमन्छ कान्छा रसाइलीबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर