तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थाले — OSNepal

तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थाले

LC (KTM) February 03, 2023 0

म्याग्दी, २० माघ ः म्याग्दीको धवलागिरि गाउँपालिका–३ महतलाको जङ्गलमा माघ महिनामै फुल्न थालेको लालीगुराँस । तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थालेको स्थानीयबासी बताउँछन् ।

यो पनि : केशव राय चौधरीले छाडे प्रभु साहको साथ:जनकपुरधाम, २० माघ । प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ ९क०बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह र ३ ९क०बाट चौधरी निर्वाचित भएका हुन् । एमालेबाट टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए । तर, कुश्वाहा पराजित भए । निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए ।

अन्ततः चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर