कोरोना सङ्क्रमण अघिल्लो दिनको तुलनामा सामान्य कमी भए पनि मृत्यु दर भने ह्वात्तै बढ्यो — OSNepal

कोरोना सङ्क्रमण अघिल्लो दिनको तुलनामा सामान्य कमी भए पनि मृत्यु दर भने ह्वात्तै बढ्यो

LC (KTM) May 14, 2021 0

काठमाडौ । कोरोना ९कोभिड–१९० सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा ४९७ जना छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मन्त्रालयका अनुसार एक हजार ३८१ आईसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना सङ्क्रमित उपचाररत छन् । बिहीबार थप पाँच हजार ५५ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव छ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर