मह जोडीसँगै बसेर ‘महापुरुष’ हेरिन् राष्ट्रपति भण्डारीले — OSNepal

मह जोडीसँगै बसेर ‘महापुरुष’ हेरिन् राष्ट्रपति भण्डारीले

LC (KTM) February 05, 2023 0

काठमाडौँ । एकल पुरुषको कथा बोलेको फिल्म ‘महापुरुष’ले राम्रो चर्चा र व्यापारिक सफलता पनि पायो ।

यो वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्मका रुपमा रहेको महापुरुषको चर्चाले यो फिल्म अन्तत राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हेर्ने इच्छा देखाइन् ।

राष्ट्रपतिले फिल्म हेर्ने कार्यक्रम मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकारहरू गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यको उपस्थिति रहेको थियो ।

एकल पुरुषको पुनर्विवाहको कथामा निर्माण गरिएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

यो वर्ष ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले बक्स अफिसमा धमाका मच्चाउँदै राम्रो व्यापार गरेका थिए । दुवै फिल्म ‘महापुरुष’भन्दा आगडी प्रर्दशनमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर