गलकोटको एक विद्यालयद्वारा विभिन्न जातजातीका खाना देखि नाँच समेत प्रस्तुत — OSNepal

गलकोटको एक विद्यालयद्वारा विभिन्न जातजातीका खाना देखि नाँच समेत प्रस्तुत

LC (KTM) February 05, 2023 0

थम्मन थापा / बागलुङ- गलकोटमा एउटै कार्यक्रममा विभिन्न जातजातीका खानाका परिकारको स्टल, भेषभुषा, कला, संस्कृति झल्कने प्रस्तुती देख्न पाईयो ।
थारु संस्कृति देखि लिम्बु, गुरुङ, मगर, ब्राहमण लगायतका अनैंको जातजातीका पोशाकमा आधारित सांस्कृतिक प्रस्तुती विद्यार्थीले प्रस्तुत गरिरहँदा त्यहाँ साँच्चिकै एकता सदभाव र आत्मियताको आभाष दिलाईरहेको थियो ।

सुदुर पश्चिमको देउडा गीत, रोईला, भजन चुटका सँगै मौलिक कला संस्कृति झल्कने पञ्चेबाजामा कार्यक्रमका अतिथि र दर्शक छमछमी नाँचे ।
यति मात्र होईन विभिन्न भाषामा अन्तर संवाद पनि प्रस्तुत गरिएको थियो र त्यसलाई सबैले बुझने गरि नेपालीमा अनुवाद समेत गरियो ।

विविध विविधता भएको हाम्रो देश नेपालमा रहेका विभिन्न जातजातीका पोशाकमा सजिएका दिदीबहिनी र दाजुभाईलाई देख्दा जो कसैलाई मेला महोत्सवको झल्को दिलाईरहेको थियो ।जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ८ काँडेबासले आयोजना गरेको लैङ्गिक समावेशीता शैक्षणिक विधी प्रवर्द्वन बहु सांस्कृतिक अतिरिक्त कृयाकलाप सम्वन्धि सहयोगात्मक कार्यक्रममा विद्यार्थीले आफना प्रस्तुतीहरु प्रस्तुत गरेका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शैक्षिक क्षेत्रमा जीवनलउपयोगी शिक्षा उपलव्ध नहुँदा गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको बताए । उनले जनजागृति माद्यमिक विद्यालयले विभिन्न जातजाती, भाषाभाषी र कला संस्कृति झल्कने गरी आयोजना गरेको यस कार्यक्रमले सामाजिक एकता, सद्भाव र भाईचारा कायम गर्ने भन्दै प्रशंसा समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर