विचौलियालाई पक्राउ गरेर कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग — OSNepal

विचौलियालाई पक्राउ गरेर कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

LC (KTM) February 05, 2023 0

काठमाडौं, २२ माघ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् ।

६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे ।

बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर