फिल्म लाइनमा आउनु अघि अभिषेक बच्चन एलआइसी एजेन्ट थिए — OSNepal

फिल्म लाइनमा आउनु अघि अभिषेक बच्चन एलआइसी एजेन्ट थिए

LC (KTM) February 05, 2023 0

आज अर्थात फेब्रुअरी ५ गते बलिउड अभिनेता अभिषेक बच्चनको ४७ औं जन्मदिन हो । स्टार किड भएकाले उनको पहिलो फिल्मबाट जनताले धेरै अपेक्षा गरेका थिए । अभिषेक बच्चन प्रायः चाँदीको चम्चा लिएर जन्मेको मानिन्छ । दादा हरिवंशराय बच्चन एक महान कवि थिए र आमा र बुबा दुबै चलचित्र उद्योगका प्रसिद्ध स्टारहरु हुन्। बच्चन परिवारमा जन्मेका कारण उनले जीवनमा कहिल्यै संघर्ष गर्नु परेन ।

तर, त्यस्तो केही छैन, चर्चित स्टारका छोरा भएर पनि इन्डस्ट्रीमा आउन निकै पापड बेल्नु परेको उदाहरणहरु प्रशस्तै रहेका छन् । रिर्पाेटका अनुसार अभिषेक बच्चन बलिउडमा डेब्यू गर्नुअघि एलआईसी एजेन्टको रूपमा काम गरिरहेका थिए । तर, अभिनेता बन्नु भाग्यमा लेखिएको थियो । अभिषेक बच्चनलाई उद्योगमा प्रवेश गर्न र आफ्नो पहिलो फिल्ममा अभिनय गर्न निकै मिहिनेत गर्नुपरेको थियो । यो कुरा अभिषेक बच्चनले एक अन्तर्वार्तामा भनेका थिए ।

दुई वर्षको संघर्षपछि उनले पहिलो फिल्म ‘रिफ्युजी’ पाए । तर उनको पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो ।अभिषेक बच्चनले आफ्नो एक अन्तर्वार्तामा भनेका थिए, ूधेरैलाई लाग्छ कि म अमिताभ बच्चनको छोरा हुँ, त्यसैले मानिसहरू मेरो लागि चौबीसै घण्टा लाइनमा बस्ने गर्थे, तर त्यस्तो होइन। डेब्यू गर्नुअघि मैले हरेक निर्देशकलाई भेटें। नजिक गएर उनीसँग कुरा गरे तर उनले मसँग काम गर्न मानेनन् ।

त्यसैगरी सन् २००४ सम्म अभिषेकका २० मध्ये १७ फिल्म एकपछि अर्को फ्लप भए । सन् २००४ मा अभिषेक बच्चनले फिल्म ‘धूम’ मा काम गरे र यो फिल्म सुपरहिट साबित भयो । यो फिल्मपछि उनले ‘बन्टी और बबली’, ‘युवा’, ‘ब्लफमास्टर’, ‘गुरु’ र ‘दोस्ताना’ जस्ता सुपरहिट फिल्म दिएर आफू राम्रो अभिनेता हो भनी प्रमाणित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर