बार्सिलोनाद्धारा सोभिया ३ गोलले पराजित — OSNepal

बार्सिलोनाद्धारा सोभिया ३ गोलले पराजित

LC (KTM) February 06, 2023 0

काठमाडौं – बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हराएको छ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको हो ।

खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोना २(० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए । यस जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ । सेभिया २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर