ब्राजिलियन फुटबलका फर्वार्ड नेयमार ३१ वर्ष लागे, नेपालमा उनका फ्यानले मनाए जन्म दिन — OSNepal

ब्राजिलियन फुटबलका फर्वार्ड नेयमार ३१ वर्ष लागे, नेपालमा उनका फ्यानले मनाए जन्म दिन

LC (KTM) February 06, 2023 0

काठमाडौं । ब्राजिलियन फुटबलका फर्वार्ड नेयमार जुनियर आइतबारदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।

फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियरको जन्मदिन विश्वभरका उनका फ्यानहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन् ।

यसैबिच उनका फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ जन्म दिन मनाएका छन् ।

नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर उनको जन्मदिनलाई विशेष बनाइएको हो ।

सो अवसरमा नेपाल समाजवादीकी केन्द्रीय सदस्य जेसिका लामाले उक्त आश्रममा खाद्य सामग्री पनि वितरण गरकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर