विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर — OSNepal

विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर

LC (KTM) February 06, 2023 0

काठमाडौं – पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले सन्दीप लामिछानेलाई भेट गरेका छन् । ‘सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका हुन् ।

निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् । उनले सन्दिप सहित राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । इतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेको समेत बताइएको छ ।

सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेर उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरे पछि यस विषयको अलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर