ह्यारी केनको नाममा अर्को रेकर्ड, बने आफ्नो क्लबको सर्वाधिक गोल गर्ने खेलाडी — OSNepal

ह्यारी केनको नाममा अर्को रेकर्ड, बने आफ्नो क्लबको सर्वाधिक गोल गर्ने खेलाडी

LC (KTM) February 06, 2023 0

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा टोटेनहमका ह्यारी केनले अर्को रेकर्ड बनाउन सफल भएका छन् ।

गएराती सम्पन्न खेलमा घरेलु मैदानमा टोटेनहमको जितमा खेलको १५औं मिनेटमा ह्यारी केनले गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन्।

यस क्लबका लागि सर्वाधिक २६७ गोल गर्दै उनले जिमी ग्रेभ्सको नाउँमा रहेको रेकर्ड तोड्दै आफ्नो नाम लेखाउन सफल भएका छन् ।

गएरातीको खेलसँगै २२ खेलबाट ३९ अंक रहेको टोटेनहम भने लिगको पाँचौ स्थानमा छ।त्यस्तै पराजय बेहोरेको म्यानचेस्टर सिटी लिग लिडर आर्सनल भन्दा पाँच अ‌ंक तल दोस्रो स्थानमा कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर