बिदन कालीकोटेको प्रतिक्षित गीत आँखा झिमीझिमी बजारमा, हेर्नुहोस् भिडियो — OSNepal

बिदन कालीकोटेको प्रतिक्षित गीत आँखा झिमीझिमी बजारमा, हेर्नुहोस् भिडियो

LC (KTM) February 06, 2023 0

काठमाडौँ । गायक बिदन कालीकोटेको आँखा झिमीझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका मिलन नेवार र गायक कालीकोटेको स्वर रहेको गीतमा युवाहरुमाझ लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द संगीत रहेको छ ।

जानेर वा नजानेर वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलिमा भिडियोमा देखाएका छन् । भिडियोमा कमल सिंह र बिना राउत गज्जबसँग खुलेका छन् ।

सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । गायक कालिकोटेका यसअघि धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई, लगायतका गीतहरु चर्चित छन् ।

गायक कालिकोटेको अचार मिठो साँधेको बोलको पूर्वेली भाकाको गीतको भिडियो छायांकन हुने तयारीमा रहेको छ । जसमा गायिका सुनिता थेग्मे र गायक कालिकोटेको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियो गायक बिदन कालीकोटे स्यवमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर