लोक बहादुरको घरमा राती आगलागी हुदाँ १४ वर्षिया छोरी बन्दनाको मृत्यु — OSNepal

लोक बहादुरको घरमा राती आगलागी हुदाँ १४ वर्षिया छोरी बन्दनाको मृत्यु

LC (KTM) February 07, 2023 0

चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन ।

आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरी गायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन । उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो । प्रहरीका अनुसार आगो दोसे तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप बिवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर