सरोज खनाल, सुनिल थापा स्टारर सिरिज 'लाल बहादुर, द स्पार्क 'को ट्रेलर सार्वजनिक — OSNepal

सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

LC (KTM) February 07, 2023 0

काठमाडौं- जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ ।

२०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी , गीता थापा, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।

नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन , प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ ।

फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर