गीतकार नमिता , डाक्टर रमिल र आकाश श्रेष्ठको सहकार्यमा तयार 'परिचय - एउटा कथा' को चर्चा — OSNepal

गीतकार नमिता , डाक्टर रमिल र आकाश श्रेष्ठको सहकार्यमा तयार ‘परिचय – एउटा कथा’ को चर्चा

LC (KTM) February 08, 2023 0

काठमाडौँ । गीतकार नमिता दवाडीको परिचय ! ‘एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (LGBTQA) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ ।

समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको
कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । त्रिवीबाट अँग्रेजीमा स्नातोकोत्तर दवाडीले नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् ।

न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेश इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रुपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनछुने गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर