साथीहरुसँग खेलीरहेका बालक खेल्दा खेल्दै आफ्नो देशको सीमाना पार गरेर अर्कै देश पुगेपछि... — OSNepal

साथीहरुसँग खेलीरहेका बालक खेल्दा खेल्दै आफ्नो देशको सीमाना पार गरेर अर्कै देश पुगेपछि…

LC (KTM) February 08, 2023 0

काठमाडौं । एक खेल्ने क्रममा ३ हजार ७ सय किलोमिटर टाढाको अर्को देश पुगेका छन् । यो अनौठो खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चटगाउँबाट हराएका वर्षीय फहीम ७ दिनपछि मलेसियामा फेला परेपछि सबै चकित परेका छन् ।

आफ्ना साथीहरूसँग चटगाउँ बन्दरगाहमा लुकामारी खेलिरहेको समयमा उनी सिपिङ कन्टेनरमा पसे । त्यहीँ निदाएछन् । उनी बिउँझिँदासम्म कन्टेनर मलेसिया पुगिसकेको थियो । न त उनको परिवारका सदस्यहरू न त त्यहाँ काम गर्ने मानिसहरूले यसको बारेमा थाहा पाए। मलेसियाको बन्दरगाहमा कन्टेनर खोल्दा त्यहाँका कर्मचारीहरुले देखेर प्रहरीलाई खबर गरेका थिए ।

जनवरी ११ मा बेपत्ता भएका फहिम १७ जनवरीमा मलेसियाको बन्दरगाहमा फेला परेपछि उनको परिवारलाई खबर गरिएको थियो । कन्टेनरमा फहिम एक सातासम्म भोकै र तिर्खा सहेर बस्न बाध्य भएका थिए । जसका कारण उनी निकै कमजोर बनेका थिए भने उनलाई ज्वरो पनि आएको थियो ।

तत्कालै उनलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । यस विषयमा प्रहरीले सुरुमा मानव बेचबिखनको घटना हुन सक्ने आशंका गरे पनि बंगलादेशी अधिकारीसँग सम्पर्क गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर