मानिसको आँखाको यस्ता छन् आश्चर्यजनक तथ्य , मौसम सफा भए लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छ — OSNepal

मानिसको आँखाको यस्ता छन् आश्चर्यजनक तथ्य , मौसम सफा भए लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छ

LC (KTM) February 08, 2023 0

मानिसको सबैभन्दा सुन्दर र संबेदनशील अंगको रुपमा आँखालाई लिन सकिन्छ । मानव शरीरको जटिल अंग हो आँखा । हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ। अझै आँखाको केहि रोचक र आश्चर्यजनक तथ्यहरुका बारेमा आज हामी तपाई लाई जानकारी दिदै छौ ।

हाम्रो आँखालाई नै सम्हाल्नका लागि ६५ प्रतिशत दिमागको प्रयोग भएको हुन्छ । वास्तबिक रुपमा भन्ने हो भने हाम्रो आँखाले ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ। मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ।

संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्। आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ। मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्। मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ। आँखाको औसत वजन ८ ग्राम हुन्छ।

आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ। संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ। मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ। खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्याउने काम मात्रै गर्छ।

मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं। मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं। एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ। एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर