आफ्नो खेतमा दिशा गरेको भन्दै भोलाले बाँसको भाटाले हान्दा ४० वर्षीया सुगन्धीको मृत्यु — OSNepal

आफ्नो खेतमा दिशा गरेको भन्दै भोलाले बाँसको भाटाले हान्दा ४० वर्षीया सुगन्धीको मृत्यु

LC (KTM) February 09, 2023 0

रौतहट। खेतमा दिशा गरेको निहुँमा झडप हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झड़प हुँदा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिका अनुसार घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो ।

खुट\fमा दिशा लागेको भन्दै भोलाले पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाटाले प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिको उपचारका क्रममा ज्यान गएको हो । आरोपित यादव परिवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले मुख्य आरोपित भोलाको खोजीकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर