‘प्रेम रतन धन पायो’का गायक विनीतले स्वर दिएको हिन्दी गीतमा आँचल शर्माको अभिनय — OSNepal

‘प्रेम रतन धन पायो’का गायक विनीतले स्वर दिएको हिन्दी गीतमा आँचल शर्माको अभिनय

LC (KTM) February 09, 2023 0

काठमाडौं -अभिनेत्री आँचल शर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ुतेरी मेरी दास्तानु बोलको गीतमा आँचलसँगै आरआर खड्का भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ।

नितिन चन्दले निर्देशन गरेको गीतमा गायक विनीत सिंहले स्वर दिएका छन्। उनले सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को ‘हुक्का बार’ जस्ता धेरै सुपरहिट फिल्मको गीतमा स्वर दिइसकेका छन् ।

उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन्। पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन्। भिडिओलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन्। गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा भएको हो भने केही अंश नेपालमा पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर