कोरोनाबाट मृत्यु भएका दाईको अन्तिम संस्कारमा गएका भाइ र २८ वर्षीय एकमात्र छोराको पनि कोरोनाका कारण एकैदिन मृत्यु भएपछि गाँउ नै शोकमा — OSNepal

कोरोनाबाट मृत्यु भएका दाईको अन्तिम संस्कारमा गएका भाइ र २८ वर्षीय एकमात्र छोराको पनि कोरोनाका कारण एकैदिन मृत्यु भएपछि गाँउ नै शोकमा

LC (KTM) May 14, 2021 0

घोराही । दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ ।

अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ ९१० का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृत्यु भएको बताउनुभयो ।नेपाल समाचारपत्रमा छापिएको छ ।

उमरको मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ‘उनी पनि संक्रमित भएको खबर पाएपछि तत्काल कोरोना अस्पताल बेलझुण्डी पठाइएको थियो तर विडम्बनाको उनको पनि त्यही निधन भयो ।’ –प्रदेशसभा सदस्य थारूले भन्नुभयो ।कोरोना संक्रमणका कारण दुई दाजुभाइको मृत्यु भएपछि एकमात्र छोरा रज्जाकलाई बचाउन धेरै प्रयास गरे पनि नसकिएको उहाँले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृतकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर