पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा — OSNepal

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा

LC (KTM) February 11, 2023 0

पोखरा- पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा आएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा लागेको भीषण आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । अपराह्न ४ः३० बजे शुरु भएको आगो साँझ करीब सवा ६ बजेमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागिका कारण डिपोर्टमेन्टल स्टोर्समा धेरै क्षेति पुगेको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतला पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै अन्डरग्राउण्डमा पनि क्षेति पुगेको बताइएको छ ।

आगलागि भएको भवनमा हिमालयन जाभा, नबिल बैंकलगायत भएपनि त्यहाँ आंशिक मात्रै क्षेति पुगेको बताइएको छ ।आगलागी नियन्त्रणमा पोखरा महानगरपालिका, पोखरा अन्र्तराष्ट्रिय विमानस्थललगायतका गरी चारवटा वारुणयन्त्र प्रयोग गरिएको थियो । प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा आएको उत्त ठाउमा कपडाको गोदाम भएका अग्नी कणेलले जानकारी दीए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर