नगरभित्रका एक हजार भन्दाबढी कुकुरको बन्ध्याकरण गरियो — OSNepal

नगरभित्रका एक हजार भन्दाबढी कुकुरको बन्ध्याकरण गरियो

LC (KTM) February 12, 2023 0

त्रिशूली-विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण को छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो ।

नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पु¥याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको हो ।

“नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले भन्नुभयो “अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ ।” उक्त अभियानमा पोथी कुकुरकोबन्ध्याकरण गरिएको र भाले कुकुरलाई रेविजरोग विरुद्धको खोप लगाइएको थियो । बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि बनेपास्थित नेपाल पशुकल्याण तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर