पद्मोदय युवा क्लबको आयोजनामा चितवनमा भलिबल प्रतियोगिता हुने — OSNepal

पद्मोदय युवा क्लबको आयोजनामा चितवनमा भलिबल प्रतियोगिता हुने

LC (KTM) February 12, 2023 0

चितवन । पदमोदय युवा क्लव, भरतपुर – २२ को आयोजनामा चितवनमा भलिवल प्रतियोगिता हुने भएको छ । चितवन जिल्लाकै गौरव र गरिमाको रुपमा रहेको महाशिबरात्रीको अवसरमा निरन्तर आयोजना हुने भलिवल प्रतियोगिता फाल्गुण ५ गतेदेखि ७ गतेसम्म हुनेछ ।

स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित आयोजना गरिएको प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोसे हुनेलाई ३० हजार, सेमिफाइनलिष्ट प्रत्येक टिमलाई १० हजार रुपैयाँ पुरस्कारको व्यबस्था गरिएको छ ।

फागुन ४ गतेसम्म टिम दर्ता गर्ने समय ताकिएको छ । पद्मोदय खुल्ला नकाउट भलिवल प्रतियोगिता २०७९ का लागि आयोजकले सहयोगी मनहरुबाट बिगतमा झै यसपटक पनि आर्थिक सहयोगको अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर