इटालियन सिरी ‘ए’मा नेपोली ३-० बिजयी, ५९ अंकसहित शिर्षस्थानमा — OSNepal

इटालियन सिरी ‘ए’मा नेपोली ३-० बिजयी, ५९ अंकसहित शिर्षस्थानमा

LC (KTM) February 13, 2023 0

काठमाडौं, १ फागुन  । इटालियन सिरी  ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेर सहज जीत निकालेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए ।

खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भए । ६५औं मिनेटमा मिन जाई किमको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर