रिसोर्टको यस्तो खबर बाहिर आएपछि देउवा, प्रचण्ड र उपेन्द्र पछाडी हटे — OSNepal

रिसोर्टको यस्तो खबर बाहिर आएपछि देउवा, प्रचण्ड र उपेन्द्र पछाडी हटे

LC (KTM) May 14, 2021 0

गठबन्धन सरकारका लागि बहुमत पुर्‍याएर बिहीबार साँझ ९ बजेभित्रै दाबी प्रस्तुत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा दिनभर व्यस्त थिए । तर सबैको प्रतीक्षा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय के हुन्छ भन्नेमा थियो ।

जब खनाल–नेपाल पक्ष प्रधानमन्त्री केपी ओलीसँगकै सहकार्यका लागि अघि बढ्यो, त्यसपछि भने बहुमत पुग्ने सम्भावना क्षीण भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष साँझसम्म पार्टीको औपचारिक निर्णयका आधारमा दाबी प्रस्तुत गर्न जानुपर्ने पक्षमा थिए ।

संविधानको धारा ७६९२० अन्तर्गतको सरकारका लागि सांसदको नभई राजनीतिक दलको समर्थन भए पुग्ने तर्क दाहाल र यादवको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा भने खनाल–नेपाल पक्षका सांसदले राजीनामा नदिएपछि दाबी लिएर शीतल निवास नजाने निचोडमा पुगे । बिहानै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले उनलाई भेटेरै आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको प्रस्ट बताएका थिए ।

‘वैकल्पिक सरकारको पक्षमा जसपा छैन, दुई अध्यक्ष ९ठाकुर र उपेन्द्र यादव० को हस्ताक्षरबिना निर्णय मान्य हुँदैन, तपाईं भ्रममा नपर्नुहोस् भनेर ठाकुर र महतोजीले कांग्रेस सभापति देउवालाई भनेर आउनुभएको हो,’ ठाकुर–महतो पक्षका नेता जितेन्द्र सोनलले भने, ‘कांग्रेस र माओवादीले ठाकुरलाई नेतृत्व लिइदिनुपर्यो भनेको भए अलग परिस्थिति हुन्थ्यो होला ।’

देउवा र दाहाललाई बिहानसम्म एमालेको खनाल–नेपाल पक्षका सांसदको सामूहिक राजीनामा आउँछ भन्ने विश्वास थियो । राजीनामा आउने भए जसपा अध्यक्ष यादव केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट गठबन्धनलाई समर्थन गरिएको निर्णय गराउने पक्षमा थिए ।यो समाचारकान्तिपुर दैनिकमा छ ।

सरकार बन्ने भयो भने आफूतिरका सांसदसमेत यादव पक्षतिर जाने भय ठाकुर र महतो पक्षलाई थियो । जसपाका ३२ सांसदमध्ये ठाकुर र यादव पक्षमा १६र१६ जना छन् । कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । ठाकुर पक्षले आफ्ना सांसदलाई तितरवितर हुन नदिन भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा लगेर राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर