ललितपुर ग्वार्कोमा नेपालको पहिलो फ्लाइओभर निर्माण सुरु — OSNepal

ललितपुर ग्वार्कोमा नेपालको पहिलो फ्लाइओभर निर्माण सुरु

LC (KTM) February 14, 2023 0

काठमाडौं । काठमाडौं उपत्यकाको ललितपुर ग्वार्कोमा नेपालको पहिलो फ्लाइओभर निर्माण सुरु भएको छ ।रिङरोडमा जोडिएको ग्वार्को चोकमा फागुनबाट फ्लाइओभर निर्माण सुरु भएको हो । पहिले यसको निर्माण माघबाट सुरु हुने बताइएको थियो । तर, डिजाइनमा भएको केही परिर्वतनका कारण स्वीकृत हुन समय लागेकाले फागुनबाट निर्माण कार्य सुरु गरिएको हो ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अहिले फ्लाइओभरको निर्माण कार्य चलिरहेको जानकारी दिएको छ ।‘फ्लाइओभरको निर्माण कार्य सुरु भएको छ । अहिले पाइलिङ (पिलर बनाउने काम) भइरहेको छ।

केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले भने, निर्माण कम्पनीले पेश गरेको डिजाइन केही करेक्सन गरेर विभागले गत साता स्वीकृत गरेसँगै निर्माण कार्य सुरु गरिएको छ ।’ यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर