निषेधाज्ञामा बजार लैजान समस्या भएपछि निकै कम मुल्यमा बोटबाटै गोलभेडा धमाधम बिक्री गर्दै तुलसीपुरका स्थानिय — OSNepal

निषेधाज्ञामा बजार लैजान समस्या भएपछि निकै कम मुल्यमा बोटबाटै गोलभेडा धमाधम बिक्री गर्दै तुलसीपुरका स्थानिय

LC (KTM) May 14, 2021 0

काठमाडौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरियामा उत्पादनस्थलबाटै गोलभोडा खरीद गर्दै महिला । निषेधाज्ञामा बजार लैजान समस्या भएपछि न्यून मूल्यमा बोटबाटै गोलभेडा बिक्री गर्ने गरिएको छ ।

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा-गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिनुभयो ।

कास्कीमा निषेधाज्ञा एक साता थप-नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । पहिलोपटक वैशाख १५ देखि २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुनः जेठ १ गते बिहान ५ देखि जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । प्रशासनले यस अवधिमा बिहानी तथा साँझको हिँडाइसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा, सम्मेलन, भेला गोष्ठी, शैक्षिक संस्था, धार्मिकस्थल, सिनेमा हल, पार्टीप्यालेस, रेष्टेरेन्टलगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर