किन खाने हरियो फर्सी ? — OSNepal

किन खाने हरियो फर्सी ?

LC (KTM) February 14, 2023 0

एजेन्सी । फर्सी तरकारीको एक प्रकार जुन लहरामा फल्छ। प्रायः सबै ठाउँमा उत्पादन हुन्छ। फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।

फर्सीमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् ।कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जास्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको बियााले शरीरमा भएको पत्थरी निकाल्छ । फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ । निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।रुखो कपाललाई नरम बनाउँछ फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर