च्याउ टिप्न गएका गोविन्दको हात्तीले लियो लखेटी लखेटी ज्या न — OSNepal

च्याउ टिप्न गएका गोविन्दको हात्तीले लियो लखेटी लखेटी ज्या न

LC (KTM) May 14, 2021 0

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आ क्रमण गर्दा एक जनाको मृ त्यु भएको छ । बिहीबार हात्तीको आ क्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृ त्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आ क्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृ त्यु भइसकेको अधिकारीले जानकारी दिनुभयो ।

वन्यजन्तुको आ क्रमणबाट मृ त्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृ त्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृ त्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आ क्रमण गरेको अधिकारीले बताउनुभयो । वन्यजन्तुको आ क्रमणबाट मृ त्यु भएका अन्य घटनामध्ये बाघको आ क्रणबाट तीन, गैँडाको आ क्र मणबाट तीन तथा गौरीगाई र बँदेलको आ क्रमणबाट एक÷एक जना रहेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जङ्गल क्षेत्रमा प्रवेश गर्नसमेत निकुञ्जले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर