बेहुलाले मण्डपबाट उठेर एक्कासी ससुरालाई कुटेपछि — OSNepal

बेहुलाले मण्डपबाट उठेर एक्कासी ससुरालाई कुटेपछि

LC (KTM) February 15, 2023 0

काठमाडौँ । विबाहमा दाइजो नपाएको भन्दै बेहुलाले बेहुलीलाई नै छाडेर एक्लै घर फर्किएका छन् । माइती पक्षले विबाहका लागि भव्य रुपमा पार्टी प्इालेस समेत सजाएको थियो । तर जब बेहुलाले दाइजोमा आँफुलाई मन पर्ने बाइक नदिएर त्यसको साटोमा अर्को बाइक देख्छन् तब उनी रिसले चुर भएर एक्कासी त्यहाँबाट बेहुलीलाई छाडेर हिड्न लागेपछि माइती पक्षले हजार विन्ती गर्छन् ।

भारतको मध्य प्रदेशको ग्वालियरका मोनु कशुवाह जन्ती लिएर गएका बेहुलीले बेहुलीका बाबु आमाले आँफुलाई अरु बाइकले नहुने र अपाचे नै चाहिने भनेपछि उनीहरुको चलिरहेको विबाह एक्कासी रोकिन पुगेको समाचारमा जनाइएको छ ।

बेहुला पक्षले अपाचे बाइक नै चाहिने अडान राखेपछि बेहुलीका भाईले पछि दिने कुरामा सहमती जनाउन गरेको आग्रहलाई बेहुला पषले नमानेर हात नै छाडेपछि दुवै पक्ष कुटाकुटमा उत्रिन पुगे । बेहुलाले बुहलीका आफन्त, बाबु आमामाथि नै हात पात गरेपछि उनीहरुले बेहुला पक्ष विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । बेहुलाले फिल्मी शैलीमा बेहुला र उनका आफन्तलाई गरेको व्यबहारविरुद्ध चर्को विरोध पनि भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर