सलमानको राधे कस्तो फिल्म हो ? जान्नुहोस् राधेको सारा कहानी, जसमा सलमानको छ कमालको रोल — OSNepal

सलमानको राधे कस्तो फिल्म हो ? जान्नुहोस् राधेको सारा कहानी, जसमा सलमानको छ कमालको रोल

LC (KTM) May 14, 2021 0

सलमान खानले राधे योर मोस्ट वान्टेड भाई फिल्मलाई ल्याउने बाचा आफ्ना फ्यान समक्ष गरेका थिए । उनले कोरोनाको महामारीका बीच पनि आज आफ्नो फिल्म ल्याई छोडेका छन् । फिल्म राधेले यो प्रमाणित गरिदिएको छ कि एक्सन तथा डायलगबाजी बलिउडको मनोरञ्जनको सबैभन्दा माथि रहेको छ । आफ्ना फ्यानहरुलाई यो फिल्मले निराश बनाउने छैन

के छ त फिल्म राधेको कहानी ?

राधे योर मोस्ट वान्टेड भाई को कहानी एउटा राधे नामको पुलिसवालाको वरिपरि घुमेको छ । राधे मुम्बइ शहरको सबैभन्दा ठुलो पुलिस अफिसर हुन्छ ।

१० बर्षमा ९७ इन्काउण्टर गर्ने तथा २३ ठाउँ सरुवा पाउँदा समेत राधे आफ्नो दुश्मन लाई आफ्नै शैलीमा ठेगान लाउँछ । फिल्मको शुरुवातमै राधेले कुनै सुपरहिरो जस्तै गरि इन्ट्रि लिन्छ । राधे बिजुली भन्दा तेज हुन्छ । उसलाई देखेर नै कत्तिको जयान जान्छ । उ एक्लैले १० जनाको काम गर्दिन्छ ।

शहरमा जब ड्रग्स माफियाहरुले आफ्नो रजगज चलाउँन सुरु गर्छन तब सस्पेण्ड राधेलाई फेरी ड्युटीमा बोलाईन्छ । यसको सम्पुर्ण जिम्मा राधेलाई सुम्पिईन्छ । उसले आफ्नै शैलीमा सबै काम तमाम गर्छ ।

राधेको कहानी यसरी सकिन्छ । यस फिल्ममा दिशा पटानी , रणदिप हुड्डा, ज्याकी श्राफ लगायतको महत्वपुर्ण भुमीका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर