नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग — OSNepal

नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग

LC (KTM) February 16, 2023 0

काठमाडौं, ४ फागुन । सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।

बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार गरेकाे हाे ।  एकीकृत कारोबारपछि लक्षित गरिएको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो ।

यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदै छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर