महाशिवरात्रीमा यी अचुक उपायहरु अपनाएर पूजा गर्नुहोस् तपाईका हरेक दुख कष्ट हट्नेछन् — OSNepal

महाशिवरात्रीमा यी अचुक उपायहरु अपनाएर पूजा गर्नुहोस् तपाईका हरेक दुख कष्ट हट्नेछन्

LC (KTM) February 17, 2023 0

काठमाडौँ । शिवरात्री पर्व नजिकिएसँगै भगवान शिवका मठ मन्दिरहरुमा विशेष समय दिएर सरसफाई गरिँदैछ । हिन्दुधर्मालम्बीहरुका लागि विशेष अर्थ राख्ने यस पर्व यो वर्ष फागुन ६ गते परेको छ । यस वर्षको महाशिवरात्रीमा धेरै वर्षपछि शनि ग्रहको दुर्लभ योग बनेको छ । यस दिन भगवान शिवको पूजा गर्दा शिव र शनी दुवै प्रसन्न हुनेछन् ।

३० वर्षपछि महाशिवरात्रीको मौकामा शनी आफ्नो मूल त्रिकोण राशी कुम्भमा रहनेछन् । हरेक ३० वर्षमा हुने यस्तो संयोग यही वर्ष परेको छ । यो संयोगमा हजुरले भगवान शिवको पूजा गरेमा नै सबै संकटहरुबाट मुक्ति पाउन सहज हुनेछ । महाशिवरात्रीमा शनि दोषलाई हटाउन शिव लिगंमा जलमा कालो तिर राखेर पूजा गर्नुहोस् । पूजा गर्ने समयमा शिव शिव सहस्रनामको जप गर्नुहोस् । यसो गर्नाले शनिसँग जोडिएका सबै कष्टहरु दुर हुनेछन् ।

साथमा भगवान शिव पनि प्रसन्न हुनेछन् । महाशिवरात्रीमा शिवलिगंमा बेलपत्र र शमीका पात चढाउनुहोस् । शनिदेव शिवजीका भक्त हुन् । शिवलिंगमा शनिको प्रिय फूल शमी चढाएमा साढे सात, दुख कष्ट लगायतका सबै समस्याहरु हराएर जानेछन् ।

कालरात्री मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा यसलाई लिइन्छ । यस दिनमा दान गरेमा पुण्ड मिल्ने र तपाईलाई कहिल्यै आर्थिक संकट नहुने धामिर्क विश्वास रही आएको छ ।

यस दिनमा गाईलाई रोटी खुवाएमा तपाईलाई सुख शान्ती र समृद्धि नै मिल्ने विश्वास हिन्दु धर्ममा गरिन्छ । महाशिवरात्रीमा दुध वा दुधबाट बनेको परिकार दान गरेमा पनि पुण्ड मिल्ने धार्मिक विश्वास रहिआएको छ । यस दिनमा दुधको दान गर्नाले भोलेनाथको कृपाले तपाईलाई कहिल्यै धनको अभाव हुने छैन भने सुख समृद्धिले पछ्याउनेछ ।

त्यस्तै यस दिनमा चिनीबाट बनाइएको सक्खरको पनि तपाईले दान गर्न सक्नुहुनेछ । चामल शक्खर दुध वा खिरको दान गरेमा पनि तपाईको सफलता तिब्र गतिमा बढ्नेछ । जसबाट तपाईले छिटो सुख र खुशी पाउनुहुनेछ । महाशिवरात्रिमा कालो तिलका दान गर्नुहोस् ।

तिलको सम्बनध भगवान शिवसँग छ । महाशिवरात्रिको दिन शिवलिंगमा तिल चढाउनुहोस् । साथै कालो तिल दान गर्नाले आफ्नो दोष हट्नेछ । शिवरात्रि पर्वलाई पर्वको राजा पनि भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास रहिआएको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर