महिलालाई औधी सम्मान गर्ने बलिउड सुपरस्टार शाहरुखले छोरालाई बनाउँदैछन् संस्कारी — OSNepal

महिलालाई औधी सम्मान गर्ने बलिउड सुपरस्टार शाहरुखले छोरालाई बनाउँदैछन् संस्कारी

LC (KTM) May 14, 2021 0

बलिउडका किंग शाहरुख खानले आफ्नो अभिनयबाट सबैको मनमा ठाउँ जमाईसकेका छन् । उनको राम्रो फ्यान फलोइङ समेत रहेको छ । उनको ब्यक्तिगत कुरा गर्ने हो भने उनले आफ्नी श्रीमती गौरी खानलाई लामो समयसम्म डेट गरेपछि मात्र बैबाहिक जिवनमा बाँधिएका थिए । त्यसपछि अहिले उनीहरुको साथमा तीन सन्तान आर्यन खान, अबराम खान तथा सुहाना खान रहेका छन् ।

अन्र्तबार्तामा गरे शाहरुखले यस्तो खुलासा : शाहरुख खान रोमान्सका बादशाहको रुपमा चिनिन्छन् तर असली जिन्दगीमा उनी महिलाको धेरै ईज्जत गर्छन् । उनका अनुसार पुरुष आफ्नो परिवारको कुनै पनि महिला सदस्यको अगाडि बिना टिशर्ट घुम्न हुदैन ।

उनले यो संस्कार आफ्नो छोरा आर्यनलाई समेत दिएको खुलासा गरेका छन् । उनले सन् २०१७ मा एक अन्र्तबार्ताको दौरानमा खुलासा गर्दै भनेका छन् – मेरो मान्यता छ कि आफ्नो घरमा कोही पनि पुरुष आफ्नो आमा, बहिनी तथा महिला साथीको सामु शर्टलेस भएर घुम्ने अधिकार छैन । म आर्यनलाई सधै टी शर्ट लगाउन भनिरहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर