२० वर्षीय यी युवकको मोटरसाइकल जाँच्ने क्रममा प्रहरी नै छक्क पर्यो, आखिर के थियो त्यस्तो चिज मोटरसाइकलमा ? — OSNepal

२० वर्षीय यी युवकको मोटरसाइकल जाँच्ने क्रममा प्रहरी नै छक्क पर्यो, आखिर के थियो त्यस्तो चिज मोटरसाइकलमा ?

LC (KTM) February 17, 2023 0

काठमाडाैं, ५ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । धनुषाकाे जनकपुर उपमहानगरपालिका-२३ बेलापुलबाट नियन्त्रित लागुऔषध कोरेक्स एकसय एमएलको ९९ पिस र नाईट्राभेट ६ सय ट्याब्लेटसहित भारतीय नागरिक २० वर्षीय निजान नदाफ समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले बीआर ३२ एच १४६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ५६ मिलिग्राम र खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय बिवेक बोहरा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम र स्पास्पेन ट्याब्लेट ५५ पत्ता, ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्ता सहित सोही ठाउँ बस्ने २० वर्षीय सुरज मगर जर्गा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित अर्जुनधारा नगरपालिका-३ बस्ने २४ वर्षीय ऐतराज इवा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रित ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८८ एम्पुल, बुप्रोनोर्फिन ७० एम्पुल, प्रोमिथाजाइन १ सय ७० एम्पुल र लेबल नभएको ईन्जेक्शन १ सय १५ थान सहित सोही महानगरपालिका-१६ बस्ने २६ वर्षीय रिहाजुल साफी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका-१६ बसपार्क भानुचोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट, डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागुऔषध कोडिविल एकसय एमएलको ५० बोतलसहित बारा निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उदयपुरकाे कटारी नगरपालिका-४ कटारीबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाईकोटेबाट अवैध लागुऔषध गाँजा करिब २० केजी प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ नेपालटारतर्फ आउँदै गरेको स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छोडी मोटरसाइकलमा सवार व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर