कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ — OSNepal

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

LC (KTM) February 17, 2023 0

धनगढी, ५ फागुन-कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेशसहित पक्राउ गरेको हो । उनको पसलबाट चरेश बरामद गरेको प्रहरीले बताएको छ । 

शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार सु।प।प्र। ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर