कहिले होलान् भ्रष्टाचारको अनुसन्धान गर्ने आयोगका प्रमुख विवादमुक्त ? — OSNepal

कहिले होलान् भ्रष्टाचारको अनुसन्धान गर्ने आयोगका प्रमुख विवादमुक्त ?

LC (KTM) February 19, 2023 0

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरूद्धको भ्रष्टाचारसम्बन्धी अनुसन्धान तामेलीमा राखेर अरू साना भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका छन् ।

अख्तियारको प्रमुख उच्च नैतिकवान हुनेछ भनेर लेखिएको छ । तर, उनीविरूद्ध आयोगमा परेको अर्बौं भ्रष्टाचारको उजुरी तामेली राखेर उनले अरू भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न तोक आदेश दिइरहेका छन् ।

उनीविरूद्ध नेपाल आयल निगम जग्गाको अर्बौं भ्रष्टाचार गरेको अभियोग र वाइडबडी जहाजको विषय अनुसन्धान भइरहेका बेला २०७७ सालमा तत्कालीन केपी शर्मा ओलीनेतृत्वको सरकारले आयोगको प्रमुखमा नियुक्ति गरेको थियो । राजधानी दैनिकमा प्रकाशित छ ।

संवैधानिक आयोगहरू रिक्त भइरहेका बेला तत्कालीन ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर ५२ जना संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै सोविरूद्ध मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर