यस्तो छ आज सुनचाँदीको मूल्य — OSNepal

यस्तो छ आज सुनचाँदीको मूल्य

LC (KTM) February 20, 2023 0

काठमाडौं, ८ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको कारोबार स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै, सोमबार चाँदीको पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ सोमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर