बिहे गरेको ११ वर्षपछि मनिषसँग सम्बन्धविच्छेद गरेकी आलिया भट्टकी दिदी पुजालाई लिभ इन टुगेदरमा बस्दै आएका रणवीरले पनि दिए धोका — OSNepal

बिहे गरेको ११ वर्षपछि मनिषसँग सम्बन्धविच्छेद गरेकी आलिया भट्टकी दिदी पुजालाई लिभ इन टुगेदरमा बस्दै आएका रणवीरले पनि दिए धोका

LC (KTM) February 20, 2023 0

बलिउड इन्डस्ट्रीकी सुन्दर नायिकामा गनिने पूजा भट्टले १७ वर्षको उमेरमा बलिउडमा डेब्यु गरेकी हुन् । उनले फिल्म डैडी बाट आफ्नो करियर सुरु गरेकि थिईन् । यसको अभिनेत्रीले दिल है कि मानता नही ,सडक , सर, नराज, चाहत र बोर्डर जस्ता धेरै हिट फिल्म दिएकि थिईन । व्यावसायिक जीवनमा सफलताले चुम्बन गरे पनि व्यक्तिगत जीवनले अभिनेत्रीलाई बर्बाद बनायो । सायद यही कारणले गर्दा उनको करियर पनि त्यही समयमा अभिनेत्रीले छोडेको थियो । जानौं पूजाको पुरा कथा ।

पूजा भट्टले भिजे मनिष माखिजासँग सन् २००३ मा विवाह गरेकी थिइन् । मनिष पूजा निर्देशित फिल्म ‘पाप’ मा देखिएका थिए । दुवैले एकअर्कालाई असाध्यै माया गर्थे । यो प्रेम सुटिङकै क्रममा फुल्यो । तर सन् २०१४ मा यो सम्बन्ध टुट्यो । मिडिया रिपोर्टका अनुसार पूजाको वैवाहिक सम्बन्ध टुट्नुको कारण दुबैको एकअर्कासँग मिलाउन नसक्नु थियो । यस्तो अवस्थामा पूजा ११ वर्षसम्म वैवाहिक जीवन बिताएपछि मनिषसँग अलग भइन् । यसपछि उनको जीवनमा रणवीर शौरी आए ।

रणवीर शौरीले कुटपिट गरेका थिए

पूजा भट्टले अभिनेता रणवीर शौरीसँग डेट गर्न थालेकी छिन् । जिस्मको सुटिङका क्रममा पूजा–रणवीर एकअर्काको नजिक आएका थिए । दुवै लामो समयसम्म लिभ इन टुगेदरमा बसे। तर, भट्ट परिवारलाई यो कुरा मान्य भएन । रणवीरले अत्याधिक रक्सी पिउने गर्थे । यही कारण दुवैबीच पटकपटक झगडा हुने गरेको थियो । तर सीमा पार भयो जब रणवीर शोरेले आफ्नो रिस गुमाए र पूजालाई कुटपिट पनि गरे। जसका कारण पूजाले शल्यक्रिया गर्नुपरेको थियो । यसपछि पूजाले रणवीर शोरेविरुद्ध उजुरी पनि दर्ता गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर