काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे मोटो रकम सहित समातिए — OSNepal

काठमाडौँको ठमेलबाट ५ जना चिनियाँ जुवाडे मोटो रकम सहित समातिए

LC (KTM) July 09, 2021 0

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक होटलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार राति करिब १० बजे ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा छापा मार्दा पक्राउ परेको बताइएको छ ।

पक्राउ पर्नेमा सिआयोलङसहित पी। चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् । ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँ जुवातास खेल्न प्रयोग गरेको बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने चाइनिज भाषा माजुङ भनिने प्लाष्टिकको गोटी, तास लगायत सामान समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर