फिल्म ‘हरियो ढुंगा’बाट किन बाहिरिए दयाहाङ — OSNepal

फिल्म ‘हरियो ढुंगा’बाट किन बाहिरिए दयाहाङ

LC (KTM) February 20, 2023 0

काठमाडौं -अभिनेता दयाहाङ राई फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिएका छन् । छायांकन तालिका नमिलेपछि दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्मबाट बाहिरिएका हुन् । ‘सेड्युल नमिल्दा समस्या भएको हो । फेरि पनि दयालाई फर्काउन प्रयासरत रहने बताइएको छ ।

यसअघि फिल्मको छायांकन माघ २० गतेदेखि सुरु हुने बताइएको थियो । पूर्वी नेपालको इलाम र भारतको सिक्किममा छायांकन गर्ने भन्दै निर्माताले छायांकन थलो पनि हेरिसकेका छन् ।

फिल्मको नाम ‘हरियो ढुंगा’ राखिएपनि चलचित्र विकास बोर्डमा चाहिं ‘चटके’ शीर्षकमा दर्ता छ । अभिनेता बुद्धि तामाङले पनि ‘हरियो ढुंगा’ खेल्नेबारे कुरा भएपनि आधिकारिक रुपमा निर्णय भइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर