नयाँ वर्षमा दुई चलचित्र जुध्दा तनावमा दयाहाङ — OSNepal

नयाँ वर्षमा दुई चलचित्र जुध्दा तनावमा दयाहाङ

LC (KTM) February 21, 2023 0

काठमाडौं । आगामी १ वैशाखमा अभिनेता दयाहाङ राईका दुई चलचित्र रिलिज हुँदै छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’ र ‘बिहे पास’ रिलिज हुन लागेका हुन् । आफूले पटकपटक प्रयास गर्दा पनि यी दुई चलचित्र जुध्नबाट जोगाउन नसकेको उनले बताएका छन् ।

अहिले एउटा चलचित्रको प्रचारमा हिँड्दा दुईवटै चलचित्रको प्रचार गर्नुपर्ने उनको बाध्यता रहेको छ । ‘मेरा लागि दुवै चलचित्र उत्तिकै हुन्,’ अभिनेता दयाहाङ राईले भने, ‘निर्माताहरूले जुधाए पनि मैले दुवै चलचित्रका लागि उत्तिकै प्रचार गर्नुपर्छ ।’

हुन त उनलाई चलचित्र संख्या बढाएको आरोप लागेको छ । आफूले फरकफरक समयमा काम गरेका यी दुवै चलचित्र एकसाथ जुधेको उनले बताएका छन् । १ वैशाखका लागि सुरुमा ‘जारी’ रिलिज हुने घोषणा गरियो । त्यसपछि ‘बिहे पास’ रिलिजको घोषणा गरिएको हो । आफूले सुरुमा बिहे पास रिलिज नगर्न आग्रह गरेको तर निर्माण पक्षले नसुनेको पनि उनले बताएका छन् ।राजधानि दैनिकम खबर छ ।

तर, दुईवटा चलचित्र एकसाथ आउने भएपछि कुन चलचित्रलाई प्रचारका लागि समय दिने भन्ने’दयगत उनलाई दबाब बढेको छ । त्यसैले, पनि उनले सामाजिक सञ्जालमा दुवै चलचित्रका पोस्टर सेयर गरेका छन् । उनले दुवै चलचित्र हेरिदिन पनि आग्रह गरेका छन् । अब यी दुईमध्य कुन चलचित्रले बाजी मार्छ भन्ने ’दयगत दयाहाङसमेतले एकीन गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर