सुनको मूल्य घट्दा चाँदीकाे स्थिर — OSNepal

सुनको मूल्य घट्दा चाँदीकाे स्थिर

LC (KTM) February 21, 2023 0

काठमाडौं, ९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर