करिश्माकी छोरी कवितालाई चुम्बन गर्दै ‘मेरो माया’ भन्ने यी युवक को हुन् ? — OSNepal

करिश्माकी छोरी कवितालाई चुम्बन गर्दै ‘मेरो माया’ भन्ने यी युवक को हुन् ?

LC (KTM) February 21, 2023 0

काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट नेपाली फिल्ममा डेव्यू गरेकी हुन अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले । तर पहिलो फिल्म नै फ्ल्प भएपछि उनको रुचि फिल्ममा त्यति देखिएको छैन ।

उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा व्यस्त बनेका बेला उनको प्रेम र रोमान्सको चर्चा फिल्मी बजारमा मस्तसँग पाइरहेको छ । कवितालाई फिल्मी दुनियामा ल्याउन करिश्माले सबै प्रयासहरु गरिन् तर अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छोरीलाई उनले आफ्नो लाइनमा व्यस्त भने बनाउन सकिनन् ।

फिल्मी दुनिया भन्दा व्यापारमा जम्ने रुची देखाइरहेकी कविता व्यवसायी तथा मोडल प्रसन्न राईसँग प्रेमका कारण पछिल्ला दिनमा चर्चामा छिन् ।

कवितासँगको प्रेमको खुलासा स्वयं प्रसन्नले इन्स्टाग्रामबाट गरेपछि अहिले उक्त तस्विर भाइरल बनिरहेको छ । एक तस्विरमा प्रसन्नले कवितालाई चुम्बन गर्दै ‘मेरो माया’ भन्दै लभहार्ट इमोजीसहित पोस्ट गरेका छन् । अन्य तस्विरमा पनि उनीहरु रोमान्टिक देखिन्छन् । हेर्नुहोस् तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर